युवा वैज्ञानिक खुलालले ‘अटो गार्ड’ नामक यन्त्र ल्याए

<span class='c1'>युवा वैज्ञानिक खुलालले ‘अटो</span> <span class='c2'>गार्ड’ नामक यन्त्र ल्याए</span>

प्रेम देवान
विराटनगर - ४ फागुन,
आफुले पढेको ज्ञानलाई व्यावहारमा पनि उतार्दै सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका ४ का एक युवा विद्यार्थीले ‘अटो गार्ड’ नामक यन्त्र प्रयोगमा ल्याएका छन् ।
आफ्नो घरको पानीट्याङकीमा राख्न सकिने यो उपकरणको सफल परीक्षण गर्दै युवा वैज्ञानिक निमेष खुलालले घरायसी प्रयोजनमा ‘अटो गार्ड’ ले धेरै सजिलो हुने हुंदा यसलाई प्रयोगमा ल्याएको बताए ।
इटहरीस्थित सुष्मा कोइराला मेमेरियल इञ्जिनियरिङ कलेजमा भर्खरै डिप्लोमा इञ्जिनियर सकेका खुलालले आज विराटनगरमा आफुले बनाएको उपकरण संञ्चारकर्मी माझ सार्वजनिक गरेका हुन् । पानी तान्ने मटरसँग कनेक्सन गरेर यो उपकरण जोडिने जानकारी दिदै उनले पानीट्याङकीमा पानी सकिने वित्तिकै यो उपकरणले आफैं पानी तान्ने जानकारी दिएका छन् ।
निमेषले दुई महिनाअघि काठमाडौं दिदीको घरमा पुग्दा पानी सकिएर र ओभर फ्लो हुँदा यो समस्या देखेपछि नयाँ प्रविधि हुनसक्छ कि भनेर अध्ययन थालेका थिए । दुई महिना लामो अध्ययनपछि यस्तो उपकरण निर्माण गर्न सकेको खुलालको दावी छ । खुलालले यस अघि पनि विभिन्न प्रकारका विज्ञान प्रयोग हुने यन्त्रहरु निर्माण गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्