ओलीले धरहराको पुनर्निर्माणका लागि आफ्नो एकमहिनाको तलब दिने

ओलीले धरहराको पुनर्निर्माणका लागि आफ्नो एकमहिनाको तलब दिने

काठमाडौं, ४ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि आफ्नो एकमहिनाको तलब दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार भूकम्पबाट क्षतिग्रस्त धरहराको परिसरमा गरेको ऐतिहासिक राष्ट्रिय धरोहर पुनर्निर्माण संकल्प कार्यक्रममा प्रधानमन्त्री ओलीले ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरु नेपाली लगानीमा नै पुनर्निर्माण गरिनुपर्ने भन्दै त्यसका लागि आफूले एक महिनाको तलब दिने बताउनुभयो । उहाँले पुनर्निर्माणको काममा विदेशीहरुले सहयोग गर्ने बचन दिए पनि धरहरालगायतका सम्पदाको पुनर्निर्माणमा विदेशी रकम प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले देश विदेशमा रहेका नेपालीबाट रकम संकलन गरेर सम्पदाहरुको पुनर्निर्माण गरिने भन्दै सहयोग संकलनका लागि भोलि नै बैंक खाता खोल्न पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले धरहरा अब भूकम्पबाट नभत्किने गरी पहिलेको भन्दा अग्लो र फराकिलो बनाइने बताउनुभयो । उहाँले धरहरामा अब तीनतले पार्किङको समेत व्यवस्था गरिने र धरहरा अगाडि स्मारक निर्माण गरेर स्मारकमा भूकम्पमा परी ज्यान गुमाएका करिब ९ हजारको नाम राखिने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै नेपालीले अपनत्वबोध गर्ने गरी धरहराको पुनर्निर्माण गरिने बताउनुभयो । कार्यक्रममा सरकारका सबैजसो मन्त्री र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो । तर मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका प्रतिनिधि भने कार्यक्रममा अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्