बिराटनगर फाल्गुन ५ ,
बिराटनगरका सडकमा राति भए पछी सडकमा बत्ती नबल्दा दुर्घटना को जोखिम साथै बिराटनगर सहर कै सुन्दरता बिग्रिएको समाचार आवर बिराटनगर डट नेटले केहिदिन अघि सम्प्रेसन गरेको थियो । आवर बिराटनगर मा हाम्रा पाठकले बारम्बार यस विषयमा आवाज उठाइदिनु भनेर अनुरोध पछी समाचार र दवाबका लागि पोस्टर समेत बनाएर पोस्ट गरिएको थियो । यस बारेमा आज बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिक्रित गोपाल रेग्मीले हामीलाई सम्पर्क गरि हाईवेकाे महाबिर राेड भट्टी चाेक उत्तर मधेश अान्दाेलनका क्रममा फुटाइएका बलहरु हिजाे जडान भएका र बरगाछी सम्मकाे अागाे लागेका बाँकी तीनवटा अाज जडान हुने बताए । सोलार बत्तीको लागि काम कहाँ सम्म पुग्यो भन्ने हाम्रो प्रश्नमा उनले यो विषयमा छलफल भइरहेको जानकारी दिए ।