बिराटनगर बाल मैत्री शहर हुने

<span class='c1'>बिराटनगर बाल मैत्री</span> <span class='c2'>शहर हुने</span>

बिनु तिम्सिना
बिराटनगर-फागुन ५, नेपालमै पहिलो पटक बालमैत्री नगरको अवधारणा अघि सारेको विराटनगर उपमहानगरपालिकाको बालमैत्री नगर घोषणाको अभियान अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पुरा गर्नुपर्ने ३९ ओटा सुचक सम्बन्धी नतिजा प्राप्त भएसंगै नगर बालमैत्री घोषणा हुने तरखरमा छ ।
बालअधिकारको क्षेत्रमा काम गर्न थालेको एक दशक भन्दा लामो यात्रा पुरा गर्नै लागेको उपमहानगरपालिकाले सञ्चालन गरेको बालमैत्री नगर घोषणाको अभियान अन्तिम चरणमा पुगेको हो । बालमैत्री घोषणाका लागि सम्पूर्ण चरणहरु पुरा गर्दै घोषणाको अन्तिम तयारीमा लागेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले तय गरेको सुचकह मध्ये बाल बचाउ अन्तरगत जिल्ला जनश्वास्थय कार्यालयले गरेको घरधुरी सर्वेक्षण २०७२ का आधारमा ४ हजार ८ सय ७० जना बालबालिका मध्ये खोप लगाउन छुटेका ८ जनालाइ समेत खोप लगाइसकेको, नगरका सम्पुर्ण गर्भवति आमाले दक्ष स्वास्थयकर्मीहरुबाट स्वास्थ्य परिक्षण गराएको टिटनास विरुद्धको खोप लगाएको, र सबै घर धेरीमा पिउन योग्य खानेपानी उपलब्ध भएको छ । त्यस्तै बाल संरक्षण सम्बन्धी सुचक अन्तरगत महिला तथा बालबालिका कार्यालयको तथ्याङ्क अनुसार नगरका ५ वर्ष मुनिका सबै बालबालिका हरुको जन्मदर्ता गराएको, बालबिवाहमा कमी आएको, २०६८ मा विराटनगर उपमहानगरपालिका भित्र २ हजार ७ सय ८१ रहेकोमा हाल त्यो तथ्याङ्क घटेर ५ सय ५२ मा झरेको, साथै बालबिकास अन्तरगत जिल्ला जनश्वास्थ्य कार्यालयको सर्वेक्षण अनुसार नगरमा भएका चार वर्ष मुनिका ८ हजार ७ सय ९० बालबालिकाहरु सबै बालबिकास कक्षामा भर्ना भएको, र ५ देखि १२ वर्ष उमेर समुहका ४० हजार ४ सय २२ सबै विद्यालय भर्ना गरिएको अवस्था रहेको जनाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पुरा गर्नुपर्ने ३९ ओटा सुचक सम्बन्धी नतिजा प्राप्त भएकाले मन्त्रालयको अन्तिम अनुगमन पश्चात नगरलाइ औपचारिक रुपमा बालमैत्री घोषणा गर्न गरिने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताउनुभयो ।
बालमैत्री घोषणा गर्ने बित्तीकै सम्पुर्ण जिम्मेवारी पुरा नहुने बताउँदै उहाले बालमैत्री नगर घोषणा भएपछि बालअधिकारको क्षेत्रमा थप शसक्त भएर लाग्ने बताउनुभयो । उपमहानगरपालिका अन्तर्गतका २२ ओटै वाडका वडा समिति कार्यालयको नेतृत्वमा विद्यालय, बालक्लब, वडा नागरिक मञ्च, टोल संगठन, नागरिक सचेतना केन्द्र लगायतले समेत आ–आफ्नो वाड र टोललाइ बालमैत्री गराउनका लागि सक्रियताका साथ कार्य गरेकोले बालमैत्री नगर घोषणा गर्ने अवस्थामा आइपुगेको उपनगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति डिल्ली धिमालले बताउनुभयो ।
नगरपालिकाले तयार पारेका मुख्य सुचकहरुमध्ये बाल बचाउका क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसंग समन्वय गरी विभिन्न कार्यक्रम गर्नुका साथै बाल विकासको क्षेत्रमा जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एन प्याबसन र विभिन्न विद्यालयसंगको सहकार्यमा कार्यक्रमहरु संचालन, बाल संरक्षणको क्षेत्रमा महिला तथा बालबालिका कार्यालय, सिविन, जिल्ला प्रहरी कार्यालय तथा बाल सहभागिताको क्षेत्रमा नगरपालिका आफैले पनि सक्रिय रुपमा क्रियाकलापहरु संचालन गरिरहेका छन् । बालमैत्री नगर घोषणा पश्चात बालश्रम न्युनीकरणको कार्यलाइ प्राथमिकताका साथ संचालन गर्दै सन् २०१७ सम्ममा पूर्ण रुपमा बालश्रम उन्मुलन गर्ने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्