बिराटनगरमा मधेसी मोर्चाको लाठी जुलुस

<span class='c1'>बिराटनगरमा मधेसी मोर्चाको</span> <span class='c2'>लाठी जुलुस</span>

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा लाठी जुलुस प्रदर्शन गरेको छ । सात दल सम्मिलित मोर्चाले आज अपरान्ह विराटनगरको रोडशेषबाट निकालेको लाठी जुलुस विराटनगरको गुद्रीस्थित वि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संघीय लोकतान्त्रिक मधेसी मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार यादव, तमलोपा मोरङ जिल्ला अध्यक्ष एवं मोर्चाका प्रवक्ता मोहमद कादिरलगायतले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले मोर्चाले राखेको ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका थिए । यसै गरी मोर्चाले फागुन ७ गते ११ बुँदे माग पूरा गराउन दबाव दिने उद्देश्यले हस्ताक्षर अभियान गर्ने प्रवक्ता कादिरले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्