मेघाको लागि अस्ट्रेलियामा सहयोग जुट्दै

<span class='c1'>मेघाको लागि अस्ट्रेलियामा</span> <span class='c2'>सहयोग जुट्दै</span>

बिराटनगर फाल्गुन ६ , विराटनगर ११ की १८ बर्षिय मेघा कार्कीले दुर्घटनामा आफ्नो दुनै हात गुमाएको समाचार पढेर अस्ट्रेलियामा रहेका नेपालीहरुले सहयोगको वाचा गरेका छन्  । छतमा जादा करेन्ट लागेर ढलेपछि उनलाई न्युरो अस्पताल भर्ना गरियो । न्यूरोले उपचार गर्न नसक्ने भएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर धरानमा जटिल केस भएको भन्दै उपचार सम्भव नभएपछि काठमाण्डौ टिचिङ हस्पिटलमा लगिएको थियो । करेन्ट लागेको दुई दिनपछि पुस २७ गते सोमवार अस्पतालले दुवै हात काम नलाग्नै भन्दै काटेर फ्यालिदिए ।

सामान्य परिवारकी उनको दुवै हात काटिए पछि अहिले उपचारमा समस्या भएको समाचार आवर बिराटनगर डट नेटले लगायत अन्य मिडियाले सम्प्रेसन गरेको थियो  । अस्ट्रेलियामा बस्ने सुनिल श्रेष्ठले हामीलाई सम्पर्क गरि सहयोगको लागि उनको परिवारको सम्पर्क माग्नु भएको थियो । अस्ट्रेलियामा बस्ने बिराटनगर का युवाहरुको सस्था लाफिंग रेनबोले आफ्नो पहिलो कार्यक्रमबाट उठेको रकम मेघालाई सहयोग गर्ने र अन्य ठाउँबाट पनि सहयोग गरिने बताउनुभयो ।

यस्तै काठमान्डौको सस्थाहार्ट बिटले पनि मेघाको लागि सहयोग संकलन गर्ने बताएको छ ।

सहयोग गर्न : ९८४२४६६१०५ पर्शुराम घिमिरे (उनका बुवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्