मोरङमा दादुरा–रुवेला विरुद्धको खोप अभियान

<span class='c1'>मोरङमा दादुरा–रुवेला विरुद्धको</span> <span class='c2'>खोप अभियान</span>

प्रेम देवान
विराटनगर ६ फागुन । मोरङ जिल्लामा आगामी फागुन ९ गतेदेखी दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गरिने जानकारी दिएको छ । प्रत्येक चार–चार बर्षमा संचालन गरिने देशब्यापी अभियान अन्र्तरगत मोरङमा पहिलो चरणमा विराटनगर उपमहानगरपालिका भित्र फागुन ९ देखि १३ गतेसम्म, दोस्रो चरणमा जिल्लाको उत्तरी क्षेत्रमा २८ देखि चैत ३ गतेसम्म र तेश्रो चरणमा दक्षिणी क्षेत्रमा चैत ४ देखि ८ गतेसम्म खोप अभियान सञ्चालन गरिने मोरङका जनस्वास्थ्य प्रमुख भानु येङ्देनले जानकारी दिनुभयो । मोरङमा रहेका एक लाख वालवालिकाका लागि एक महिने खोप अभियान संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका खोप अधिकृत शान्तिराम खतिवडाले जानकारी दिनुभयो । चैत्र–८ गतेसम्म संचालन हुने अभियान अन्तरगत नौ महिनादेखि ५ बर्षसम्मका वालवालिकालाई खोप दिइने उहाँले बताउनुभयो । यसैगरी खोप संचालनका लागि ७ सय ३० खोप केन्द्र , स्वयम् सेवक , ३ सय ७ स्वास्थ्य कर्मचारी खटाइने मोरङका जनस्वास्थ्य प्रमुख येङ्देनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्