घरेलु टिम मोरङ्ग फुटबल क्लवको विजय सुरुवात

घरेलु टिम मोरङ्ग फुटबल क्लवको विजय सुरुवात

प्रेम देवान
विराटनगर ७ फागनु - मोरङ फुटवल क्लवले विराट गोल्डकप फुटवल प्रतियोगितामा विजय सुरुवात गरेको छ । बिहिवार देखी विराटनगरमा सुरु विराट गोल्पकपको दोस्रो खेलमा रुपन्देही ११ लाई तिनका विरुद्ध एक गोलले पराजित गर्दै मोरङले विजय सुरुवात गरेको हो ।
अति प्रतिसपर्धात्मक खेलको ३२ औ मिनेटमा मोरङका बिजय धिमालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
मध्यान्तरअघि १–०ले अग्रता पाएको मोरङले मध्यान्तरपछि दुई गोल गरेको थियो । रुपन्देहीले ५८ मिनेटमा सान्त्वना गोल फर्काएको थियो ।
मध्यान्तरपछिको चौथो मिनेटमा मोरङका कप्तान दिपक राईको प्रहार जालि चुमेपछि मोरङले दुई गोलले अग्रता लिएको थियो । दुई गोलले पछि परेको रुपन्देहीले आक्रमक खेल प्रर्दशन गरेको थियो । खेलको ५७ मिनेटमा मोरङ जर्सि नम्मर ४ का चिकोले रुपन्देहीका भिक्टोर अमबीलाई डिबक्स भित्र लडाएपछि रेफ्री लव खत्रीले फल दिएपछि रुपन्देहीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै सिव श्रेष्ठले रुपन्देहीकालागि गोल गरेका थिए ।
७८ औ मिनेटमा रुपन्देहीका किपर दिलिप क्षेत्री अघि बढेको फाइदा उठाउदै मोरङका रुपेश केशीले गरेको प्रहारले जाली चुमेको थियो ।
खेल सुरु भएको सातौ मिनेटमा बिजय धिमालले दिएको पासलाई मार्टिएलले हेड गरेको बल दोस्रो बारबाट बाहिरिएको थियो । १३ औ मिनेटमा रजिन धिमालले एक भर्सस एकमा गोल गर्न चुकेका थिए ।
खेल सुरु भएको २७ औ मिनेटमा रुपन्देहीका निसान लिम्बुले गरेको कडा प्रहारलाई मोरङका किपर किसोर गिरीले बचाएका थिए । ५२ औ मिनेटमा रुपन्देहीका दोना थापाले गरेको प्रहारलाई मोरङका गोल किपर किसोर गिरीले पञ्चगरी बचाएका थिए । दुवै टिमले बारम्बार गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन ।
रुपन्देहीका खेलाडीले गरेको आधा दर्जन प्रहार बाहिर गएको थियो ।
खेलको म्यान अफ द म्याच मोरङका रजिन धिमाल घोषित भए । जितपछि मोरङका प्रशिक्षक सन्जिव बुढाथोकीले खेलाडी फिटनेस कारणले सोचे अनुसार खेल्न नसकेको बताउदै केटाहरुले पाएको अवसर गुमाएको बताए ।
उता रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले दुवै टिम बरावरी खेलेपनि गोल गर्न नसक्दा पराजित भएको बताए । धेरै अवसर पाएपनि गोल गर्न नसक्नु हारको कारण भएको बताए । शनिवारको खेल साविक बिजेता रमपम झापा ११ र भारतको जर्ज टेलिग्राफ कोलकाता बिच प्रतिसपर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्