“सहिद मैदानमा पनि लाईट हुनुपर्यो”

<span class='c1'>“सहिद मैदानमा पनि</span> <span class='c2'>लाईट हुनुपर्यो”</span>

बिराटनगर फाल्गुन ९ ,

शनिबार झापा ११ र भारतको जर्ज टेलिग्राफ बिचको खेल नाटकीय रुपले स्थगित हुन पुग्यो । शनिबार खेलिएको दुई घण्टा चार मिनेटको खेल स्थगित हुदा दर्शकले ठुलो हुटिङ पनि मैदानमा गरे । खराब प्रकाशका कारण झापा ११ ले खेल्न नमानेपछि आयोजकले खेल स्थगित गर्नु परेको थियो । खेल आइतबार पुन सुचारु गर्ने र त्यस खेलको टिकट निशुल्क गरिने आयोजकले बताएको छ । DSC_1001शनिबार खेल स्थगित हुनु पुर्व दर्शकले आफ्नो मोबाइलको लाइट बालेर खेल सुचारु गर्न आग्रह गरेका थिए । दर्शकको उक्त कार्य गोल्डकप आयोजक कमिटी , खेलकुद परिषद र सहिद मैदान व्यवस्थापन समितिलाई व्यङ्ग्य गरिएको थियो । निकै पुरानो रंगशालामा भए पनि भौतिक सुविधा थप नगरीकन जस्ताको त्यस्तै राखिएको खेल सुचारु हुन नसक्दा मैदानमा रहेका दर्शक उज्ज्वल राईले आक्रोशित हुँदै भने । खेल स्थगित भएर निराश दर्शकले बाहिर निस्कदा मैदानमा लाइटको व्यवस्था गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्