झापाको कोलकता माथि फराकिलो जित संगै सेमीफाईनलमा प्रवेश

झापाको कोलकता माथि फराकिलो जित संगै सेमीफाईनलमा प्रवेश

प्रेम देवान
विराटनगर ९ फागुन ÷ विराटनगरमा जारी विराट गोल्ड कपको शनिबार स्थगित भएको रमपम झापा ११ र जर्ज टेलिग्राफ कोलकाता विचको खेल आईतबार खेलाएको को खेलमा झापा विजय भई सेमिफाईनलमा प्रवेश गरेको छ
रमपम झापाले ११ कोलकतालाई ५ –१ फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको २७ सेकेन्डमा कोलकताका सबिर हुसेनले गोल गरी अग्रता दिएलाएको थिए । विराट गोल्ड कपमा सबैभन्दा छिटो गोल गर्ने हुसेन पहिलो खेलाडी भए । कोलकताको अग्रता धेरै बेर सम्म टिक्न भने सकेन । झापाले खेलको ३ मिनेटमा नै योगेस गुरुङ्गको पासलाई ब्ुद्धराज चेम्जोङ्गले गरेको प्रहारले जाली चुमेपछी झापा खेलमा फर्केको थियो । त्यस लगत्यै ३९ औं मिनेटमा झापाका बुद्धराज चेम्जोङ्गको पासलाई सदुपयोग गर्दै विशाल राई ए ले हेडिङ मार्फत सान्दार गोल गरेपछी झापाले अग्रता लिएको थियो । football
खेलको ४४ र्औ मिनेटमा झापाका कप्तान नरेन्द्रमणी लिम्बुले कोलकताका राजिबलाई हिर्काए पछी मुख्य रेफ्री लव क्षेत्रीले रातो कार्ड देखाई लिम्बुलाई मैदान बाहिर पठाएका थिए । त्यसको एक मिनट बित्न नपाउदै कोलकताको राजीबले पनि रातो कार्ड पाई मैदान छोडेका थिए ।
खेलको ७१ मिनेटमा झापाका कर्ण लिम्बुले वान भर्सेज वानमा गोल गर्न सफल भएका थिए । त्यस लगत्यै ७५ औं मिनेटमा झापा कै लिम्बुले कोलकताका गोल किपर सुभाङ्कर दासलाई बिट गर्दै गोल गरी ४ – १ को अग्रता दिलाएका थिए । खेलको ९० मिनटमा बुद्धराज चेम्जोङले वान भर्सेज वान गोल गरी झापालाई ५– १ को गोल गरी विजयी गराएका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । हार पछी कोलकताका प्रशिक्षक रणजन भटाचार्याले रेफ्रिको गलत निर्णयले पराजित हुनु परेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्