घरेलु टिम मोरङ क्लव सेमिफाईनलमा प्रवेश

घरेलु टिम मोरङ क्लव सेमिफाईनलमा प्रवेश

12765534_1006642796056772_1848890018_o

प्रेम देवान
विराटनगर ९ फागुन
विराटनगरमा जारी विराट गोल्ड कपको आईतबार भएको खेलमा घरेलु टिम मोरङ्ग फुटबल क्लव विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गले आईतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा भारतको युनाईटेड सिक्कीम फुटबल क्लवलाई २ – ० को गोल अन्तरले पराजित गरी सेमीफाईनलमा स्थान सुरक्षीत गरेका छ ।

सुरु देखी आक्रमक रुपमा देखीको दुवै टिमले मध्यात्यतर गोलरहित बराबरी खेलेका थिए । मध्यान्ध्यान्तर पछी ७८ मिनेटमा मोरङ्गका रुपेश केसीको पासलाई सदुपयोग गर्दै अफ्रिकन खेलाडी सिकोले गरको प्रहारले जाली चुमेपछी मोरङदे अग्रता लिएको थियो ।  मध्यान्तर पछीको अतिरिक्त समयको दोस्रो मिनेटमा मोरङका कप्तान दिपक राईको सुन्दर पासलाई सदुपयोग गर्दै रुपेश केसीले गोल गरेपछी मोरङको जित सुनिश्चीत गरेका थिए । खेलको ३७ औं मिनेटमा मोरङका मारिटलको प्रहार किपरले बचाए । ४४ औं मिनेटमा सिक्कीमका विशाल गुरुङले गोल गर्न चुकेका थिए ।  ७६ मिनेटमा मोरङका मारिटलले वान भर्सेज वान मा गोल गर्न चुकेका थिए । ८७ औ मिनेटमा सिक्कीमका इङपोहाङ सुब्बाले डिबक्स नजिक बाट हानेको फ्रि किक पोल माथी बाट बाहिरीएको थियो । आज भएको खेलको म्यान अफ द म्याच मोरङका सिको घोषीत भए।

भोली सोमबार तेस्रो क्वाटर फाईनल खेल विभागिय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लव काठमान्डौ र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव विच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्