डाक्टरको लापर्वाहीका कारण शिशुको ज्यान गएको भन्दै कोशी अस्पतालमा तनाब

<span class='c1'>डाक्टरको लापर्वाहीका कारण शिशुको ज्यान</span> <span class='c2'>गएको भन्दै कोशी अस्पतालमा तनाब</span>

विराटनगर फाल्गुन १० ,

बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा आइतबार दिनभरि तनावको अवस्था थियो ।  कोशी अञ्चल अस्पतालका डाक्टरको लापर्वाहीका कारण शिशुको ज्यान गएकोले अस्पताल तनाबमय रहयो । सुत्केरी गराउँदा नवजात शिशुसँगै महिलाको पाठेघरसमेत निकालि दिएपछि तनावको अवस्था थियो ।
गत शुक्रबार महिना पुगेर राम्रैसँग अस्पताल आएकी मोरङको दर्वेशा १ की मुना अधिकारीको अप्रेसन ढिलो गरेका कारण शिशुको मृत्यु भएको आफन्तले दाबी गरेका छन् । प्रसूति गृहमा भर्ना भएकी अधिकारीको शनिबार राति मात्र अप्रेसन गरेको उनका श्रीमान हेमचन्द्र अधिकारीले बताए । उनले भने,‘पहिले नर्मल डेलिभरी हुन्छ भन्दै राखे पछि शिशुको ज्यान गई सकेको रहेछ । श्रीमतीको पाठेघर पनि निकालि दिएछन् ।’

शिशुका बुबा बारम्बार श्रीमतीको अवस्था नाजुक भएकाले अप्रेशन गरी आमा र बच्चा दुवैलाई बचाउन आग्रह गरेपनि अस्पतालका नर्स र डाक्टरहरुले नर्मल गराउने भन्दै औषधि मात्र प्रयोग गरेको परिवारको भनाई छ । नर्सलाई भनेपछि बच्चाले धड्कन चल्न छोडेको भन्दै डाक्टरलाई बोलाएकी थिइन् । सुरुभा भ्याकुम लाएर बच्चा निकाल्ने भनेपछि आफूले हुन्छ भनेको तर ननिस्केपछि अप्रेशन गर्दा शिशुको मृत्यु भैसकेको र आमाको पनि पाठेघर निकालि दिएको अधिकारीले बताए । मुनाको उमेर २४ बर्षमात्रै भएको छ र उनी अब आमा बन्न नसक्ने भएपछि आफन्तहरुले लापर्वाही गर्ने डाक्टरलाई कार्वाही गर्न माग गरेका छन् । उनीहरुले अबदेखि अस्पतालमा आउने कोहीपनि बिरामीले डाक्टरको लापर्वाहीका कारण मृत्युवरण गर्नु नपरोस भनेर अस्पताल प्रशासन र पीडितका तर्फबाट भएको सम्वाद कार्यक्रममा बताएका छन् । उनको उपचारमा संलग्न डाक्टर मिलुना भुषालले बोल्न चाहिनन् ।अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले मुनाको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्योहोर्ने जानकारी दिए । निको भैसकेपछि अस्पताल विकास समिति समक्ष जागिर दिलाउन प्रस्ताव राख्ने पनि पोखरलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्