त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल आज भिँड्दै

त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल आज भिँड्दै

विराटनगर १० फागुन ।
विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल काठमाडौं भिँड्दै छन् ।
दिउँसो पौने तीन बजे सहिद रंगशालामा दुई विभागीय टोलीबीच हुने खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुई दिनअघि मात्र हेटौंडामा सम्पन्न गोल्डकपको फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीसँग पराजित भएर उपाधिबाट विमुख बनेको आर्मीले नवयुग श्रेष्ठ, विकेश कुथु, टंक बस्नेत समेतका खेलाडीलाई मैदान उतार्दैछ । श्रेष्ठ र कुथु भर्खरै भारतमा सम्पन्न साग फुटबल प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउनका लागि महत्वपूर्ण भूमिकामा देखिएका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्