पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने : सुजता

<span class='c1'>पार्टीलाई वहुपद्धतीय लिडरसिपमा</span> <span class='c2'>बदल्नुपर्ने : सुजता</span>

विराटनगर १० फागुन ।
नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संगठन बलियो बनाउन पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने बताएकी छिन् ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले मुलुक संघीयताको ढाँचामा गएकाले पार्टीलाई पनि नयाँ परिस्थितिअनुसार बहुपद्धतीय प्रणालीमा रुपान्तरण गर्नुपर्ने बताएकी हुन ।
त्यसका लागि उपसभापति, महामन्त्रीलगायतका पद संख्या बढाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
कोइरालाले अहिलेसम्मको अवस्थामा पार्टी नेतृत्वमा प्रमुख तीन वटा लिडर देखिँदै आएको भन्दै हालको अवस्थामा पार्टी त्यसरी अगाडि बढ्न नसक्ने स्पष्ट पारिन ।
उनले कांगे्रसको आगामी १३ महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवारी अहिलेसम्म कायम रहेको पनि दाबी गरिन् ।
००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्