एक महिने स्वस्थानी व्रत आज समाप्त हुँदै

एक महिने स्वस्थानी व्रत आज समाप्त हुँदै

विराटनगर १० फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्षतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ । स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्