आदर्श स्कुलमा स्वरोजगारीको लागि निःशुल्क तालिम सुरु

आदर्श स्कुलमा स्वरोजगारीको लागि निःशुल्क तालिम सुरु

बिराटनगर फाल्गुन १० ,

एसियाली विकास वैंक  र सीप विकास परियोजनाको आर्थिक सहयोगमा श्री आदर्श उ.मा.विद्यालय विराटनगरले रोजगारी तथा स्वरोजगारीको लागि निःशुल्क तालिमको पहिलो समूहको कक्षाहरु संचालन गरेको छ । २ महिना सम्म चल्ने कम्प्युटर अपरेटर तथा कम्प्युटर हार्डवेयर टेक्निसियन तह २ विषयको उक्त तालिमको प्रति समुहमा २० जना सहभागी रहेका छन् । प्रोजेक्टर सहितको अडियो भिज्युल माध्यमबाट सञ्चालन हुने तालिमका लागि सम्वन्धित व्यवसायमा सीप परीक्षण तह–१ उत्र्तीण भई कम्तिमा १ वर्षको कार्य अनुभव प्राप्त वा सम्वन्धित व्यवसायमा कम्तिमा ३ वर्षको कार्य अनुभव प्राप्त महिला, दलित, जनजाति, अपाङ्ग तथा अवसरबाट वन्चित समुहलार्ई विशेष प्राथमिकता दिइएको छ ।

तालिम पश्चात राष्ट्रिय सीप परीक्षण समितिद्वारा लिइने सीप परीक्षण तह २ को परीक्षामा समेत सामेल गराइने छ । साथै विद्यालयले आगामी शैक्षिक सत्र २०७३ देखि अङ्ग्रेजी माध्यमको, प्रविधिमा आधारित, सि.सि.टि.भि., प्रोजेक्टर सहितको अडियो भिज्युल कक्षाहरु सञ्चालन गर्ने योजना बनाएको छ । हाल विद्यालयमा कक्षा १ देखि १० सम्मका कक्षाहरु, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन ( नेपाली / अङ्ग्रेजी माध्यममा) र शिक्षा सङ्कायका कक्षाहरु, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्र्तगत तथा डिप्लोमा तहमा कम्प्युटर इञ्जिनियरिङ्का कक्षाहरु, खुला विद्यालय (कक्षा १०) तथा छोटो अवधिका सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्