सेमीफाइनलमा एपीएफ टिम

सेमीफाइनलमा एपीएफ टिम

विराटनगर, १० फागुन ।

सशस्त्र प्रहरी बलको एपीएफ टिम विराटनगरमा जारी विराट गोल्डकप फुट्वल टुर्नामेन्टको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टीम आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा कप्तान गणेश लावती नायक बने । लावतीले गरेको गोल निर्णायक बन्यो । निकै नै प्रतिष्पर्धात्मक बनेको खेलको निर्धारित समय सम्म दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । निर्धारित समयमा दुवै टिमको गोल गर्ने पटक पटकको प्रयास सफल हुन सकेन । त्यसपछि थप गरिएको अतिरिक्त २० मिनेटको समयमा पहिलो हाफको अन्तिम मिनेटमा लावतीले हेड मार्फत सुन्दर गोल गरेका हुन । आजको खेलको म्यान अफ द म्याच एपीएफका गणेश लावती घोषित भए । खेलमा पराजित भएपछि आर्मीका प्रशिक्षक मेघराज केसीले छोटो समयमा धेरै प्रतियोगिता खेलेको र खेलाडीहरु घाइते भएकाले सोचेजस्तो खेल प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।  हारसँगै गतवर्षको उपविजेता आर्मी बाहिरिएको छ । एपीएफ टिमले भने पहिलो सेमीफाइनलमा आगामी बुधवार गतवर्षको बिजेता झापा–११ सँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलमा चिरप्रतिद्वन्द्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब काठमाडौं र नेपाल पुलिस क्लब काठमाडौं भिड्नेछन् । - मकालु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्