किच्चकबध संरक्षण गर्न मेला

<span class='c1'>किच्चकबध संरक्षण</span> <span class='c2'>गर्न मेला</span>

 

चन्द्रगढी । हरेक वर्ष झै यस वर्ष पनि स्वस्थानी पूर्णिमाका दिन लाग्ने गरेको किच्चकवध मेला यस वर्ष पनि धुमधामका साथ लागेको छ । महाभारतकालीन किम्वदन्ती जोडिएको स्थान झापाको दक्षिणी गाविस पृथ्वीनगर र भद्रपुर नगरपालिकाको महेशपुर क्षेत्रको सिमानामा पर्दछ ।
धार्मिक रुपमा महाभारतकालका विराट राजा, कौरव र पाण्डवहरुको जीवनसँग जोडिएको पाइन्छ । पाण्डवहरु विराट राजाको दरबारमा भान्से तथा गोठालेका रुपमा गुप्त बास वसेका वेला पाण्डव पत्नी द्रोपतीलाई किच्चकले कुदृष्टि राखी द्रोपतीको सतित्व लुट्न लाग्दा वलवान पाण्डव पुत्र भिमसेनले राक्षसी रुप भएका किच्चकको वध गरी द्रोपतीको इज्जत जोगाएको घटनाबाट नै यस स्थानको नाम किच्चकवध रहेको किम्वदन्ती छ । भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती समेत रहेको छ । त्यस नजीकै रहेको सो पोखरीमा नुहाएमा रोगब्याधबाट बच्न सकिन्छ भन्ने जनविश्वास समेत रहेको पाइन्छ । महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब २० विगाहा क्षेत्रफलमा फैलिएको छ ।
यता हिन्दु सनातन धर्म भित्र स्वस्थानी देवीको व्रत समापन हुने स्वास्थानी पूर्णिमाका दिन प्रत्यके वर्ष आजकै दिन लाग्दै आएको मेला विगत केही वर्षदेखि मेला भर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई ध्यानमा राख्दै ३ दिनसम्म मेला लगाइदै आएको छ ।
राष्ट्रिय स्तरबाट १३ वर्ष अघि पहिलो पटक नेपाल सरकारको पुरातात्विक विभागबाट आएको राष्ट्रिय टोलीले गरेको उत्खनन् कार्यबाट किच्चकबधमा ऐतिहासिक एवम् पुरातात्विक महत्वका वस्तुहरु जमिन मुनी भेटीनुले यस स्थानको गरिमालाई अझ फराकिलो र उच्च बनाएको छ ।
देवनिया तथा मेची नदीको दोवान तटमा अवस्थित किच्चकवद ऐतिहासिक धार्मिक एवम् पर्यटकिय स्थलको विकासको लागि विगत केहि वर्षदेखि धार्मिक पूराण समेत सञ्चालन हुँदै आएको छ ।
उता यस क्षेत्रको अध्ययन अवलोकन गर्न झापा तथा वाहिरी जिल्लाहरुबाट पनि विद्यार्थीहरु तथा पर्यटकहरु आउने गर्दछन् । पृथ्वीनगर–५ मा पर्ने यो ऐतिहासिक स्थलको सुरक्षा तथा विकासमा भने पृथ्वीनगर गाविस र साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिकाको संयुक्त योगदान रहेको छ । यहाँ पुग्न झापाको सदरमुकामबाट करिव १४ किलोमिटर दक्षिण तर्फको यात्रा तय गर्नु पर्दछ ।
किच्चकबध क्षेत्रमा रहेका मठ मन्दिर, पोखरी, तलाउ उत्खनन्बाट भेटिएका ऐतिहासिक भवन, हाल सालै निर्माण भएका खाजा घर तथा यस क्षेत्रमा गरिएको वृक्षारोपणले यहाँ घुम्न आउने पर्यटकको मन सहजै जित्ने कुरालाई नकार्न सकिन्न् ।
त्यसै गरी विगत केहि वर्षदेखि बनभोज खान आउनेका लागि पनि यो स्थान रोजाइको रुपमा स्थापित हुँदै आएको छ । जसबाट यस क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा पनि तिव्ररुपमा वृद्धि हुँदै गएको पाइन्छ । आजकल संघ संस्था हरुले कुनै कार्यक्रम गर्दा पर्यटकीय क्षेत्रलाई केन्द्रित बनाएर कार्यक्रम गर्न थालेसंगै यहाँ निर्माण भएको सभाहलका कारणले झापा जिल्लाका जिल्ला स्तरीय साहित्यिक कार्यक्रम र राजनीतिक गोष्ठी, सभा, सम्मेलन गर्नका लागि समेत यो स्थान उकृष्ट स्थानको रुपमा स्थापित भएको छ । यी सबै कुरा हरुलाई मध्यनजर गर्दै केहि समय अघि मात्र अस्थाई प्रहरी चौकीको स्थापना समेत गरिएको छ ।
यस क्षेत्रको विकास सोचे जस्तो गतिले हुन सकेको छैन । तसर्थ यस क्षेत्रको स्तर उन्नतिको लागि स्थानीय स्तर र सरकारी पक्षले ध्यान दिए झापा जिल्लाको मात्र नभई नेपालकै आकर्षक पर्यटकीय स्थलको रुपमा यो स्थापित हुन सक्ने कुरामा दुई मत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्