अब कैदीबन्दीको विवरण सफ्टवेयरमा राखिने

अब कैदीबन्दीको विवरण सफ्टवेयरमा राखिने

बिराटनगर फाल्गुन १२ ,  देशभरका कैदीबन्दीको विवरण अब सफ्टवेयरमा राखिन थालिएको छ । कारागार व्यवस्थापन विभागले कागजमा राखिने विवरणलाई समय सुहाउँदो प्रणालीमा राख्न लागेको छ । पुरानो प्रणालीमा कैदीको विवरण थाहा पाउन ७२ जिल्लामा सोध्नुपर्ने हुदा समयमा विवरण पाउन मुस्किल हुने गरेकोले नयाँ प्रणाली अपनाउँदै विवरण व्यवस्थापन गर्न थालिएको विभागका महानिर्देशक हिमनाथ दवाडीले बताए । विभागले पुर्वका कारागारमा रहेका कैदीबन्दीको डाटा इन्ट्रि गर्न अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्