वुद्धिजीवी अध्यक्षमा टीकाराम पुरी नै

वुद्धिजीवी अध्यक्षमा टीकाराम पुरी नै

बिराटनगर फाल्गुन १२ , नेकपा एमाले सम्वद्ध वुद्धिजीवी परिषद मोरङको आधिकारिक अध्यक्षमा टिकाराम पुरी भएका छन । दुईवटा समिति बनाइ गतिविधि गर्दै आएको परिषदलाई मोरङ जिल्ला कमिटीको पहलमा दुवै पक्षको बैठक बोलाएर एउटै परिषद बनाईएको हो । परिषदको नवसंरचित कमिटीको अध्यक्षमा टिकाराम पुरी , उपाध्यक्षमा हिक्मत बस्नेत , सचिवमा अर्जुन खड्का , सहसचिवमा नरेन्द्र बस्नेत र कोषाध्यक्षमा उमेश बिक रहेको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले बताए । यसअघि छुट्टै कमिटी बनाएका डा. उद्धव पोखरेललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने गरि सल्लाहकारको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्