बिराटनगर फाल्गुन १३ ,
बिराट गोल्ड कपको दोस्रो सेमिफाइनलमा आज मोरंग फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा झापा ११ ले एपीएफ लाई २-१ को गोल अन्तरले हराएको थियो । मोरंग फुटबल क्लबले आज घरेलु दर्शकको माझ खेल्नेछ । खेल दिउसो २:३० बाट सहिद मैदानमा सुरु हुनेछ ।