फागुन २१ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

<span class='c1'>फागुन २१ देखि हात्तीपाइले</span> <span class='c2'>रोग विरुद्धको औषधि खुवाइने</span>

विराटनगर फाल्गुन १३

आगामी फागुन २१ देखि २३ गतेसम्म जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन आवश्यक तयारी भइरहेको विराटनगरमा भएको सरकारी कार्यालय प्रमुखहरुसगको अभिमुखीकरणमा जानकारी दिइएको हो । गत बर्ष ८ लाख ४० हजार २ सय जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य राखिएकोमा ५ लाख ७२ हजारलाई खुवाईएको कार्यालयले जनाएको छ । यस वर्ष पनि ८ लाख २५ हजारलाई औषधी खुवाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु याङ्देनले जानकारी दिनुभयो ।   सरकारले देशलाई सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्