बिराटनगर फाल्गुन १४,
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालाले युवा माझ आफ्नो उध्यमशिलताको सुरुवात र भोग्नुपरेको चुनौतीका बारे बताउनुभएको थियोे । मेरिल्याण्ड कलेज बिराटनगर को सभा हलमा भएको कार्यक्रममा उहाले `आफ्नो कम्पनीले नेपालमा भारतीय सामान मात्र बिक्री हुने समयमा कसरी नेपाली सामान बेच्न सफल भयो भन्ने बारे आफ्नो अनुभव सुनाएर युवाहरूलाई उत्प्रेरित गर्नुभएको थियो । आफुले नेपालमा उध्यमशिलता सुरु गरेर सयौं युवालाई देश छोड्नबाट रोक्न सफल भएको बताउनुभयो । आजको धेरै युवाको सोच देश छोडेर बाहिर जाने रहेको दुखद अवस्था रहेको पनि उहाले बताउनुभयो । उहाले युवाहरूलाई आफ्नै देशमा नै अवसर खोज्न आग्रह पनि गर्नुभयो । हामी नेपाली सबैले "मेड इन नेपाल" सामानलाई प्रवर्द्धन र प्रयोग गर्ने हो भने देशलाई ठूलो आर्थिक नाफा र देशमा रोजगारी सृजना हुने पनि उहाँले बताउनुभयो ।
बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी , ईफरएन र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।