बिराट गोल्डकप : मोरङलाई हराउँदै पुलिस क्लब फाइनलमा

<span class='c1'>बिराट गोल्डकप : मोरङलाई</span> <span class='c2'>हराउँदै पुलिस क्लब फाइनलमा</span>

विराटनगर फाल्गुण १३,
नेपाल पुलिस क्लव काठमाण्डौ विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिवार भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पुलिसको जितकालागि सुमन सुवेदीले अन्तिम समयमा गोल गरे । सुवेदीले हेमन गुरुङको कर्नर प्रहारलाई सदुपयोग गर्दै मध्यान्तरपछिको ४४ औ मिनेटमा गोल गरेका थिए ।

मध्यान्तर अघि पुलिसलाई दवावमा राखेको मोरङको खेल विष्णु सुनवारले दोहोरो पहेलो कार्ड खाएर मैदान बाहिरिएपछि केही खच्किएको थियो । मध्यान्तरपछि १० खेलाडीमा सिमित मोरङले गोल गर्ने धेरै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा मोरङ पराजित भएको हो ।

मध्यान्तरपछिको १४ मिनेटमा मोरङका सुमन लामाको प्रहार बाहिरिएको थियो । गोल गर्न राम्रो अवसर पाएपनि उनले गरेको प्रहार पोस छेउबाट बाहिरिएको हो । ३३ औ मिनेटमा विक्रम लिम्बुको प्रहार बाहिरिएको थियो । ४१ औ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन । ४२ औ मिनेटमा मोरङका क्याप्टेन दिपक राईले गरेको प्रहार पुलिसका गोल किपर विसाल श्रेष्ठले रोकेका थिए ।

यता पुलिसका सुमन सुवेदीको पासमा भरत साहले हानेको प्रहार पोष्ट माथीबाट बाहिरिएको थियो । ३३ औ मिनेटमा जुमानु राईले हानेको प्रहार मोरङका गोल रक्षक किसोर गिरीले बचाएका थिए । खेलको म्यानअफ द म्याच पुलिसका सुमन सुवेदी घोषित भए । पुलिसले शनिवार फाइनलमा झापा ११ स“ग प्रतिसपर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्