प्रहरीको काम दर्शक र पत्रकार कुट्ने कि सुरक्षा दिने ?

प्रहरीको काम दर्शक र पत्रकार कुट्ने कि सुरक्षा दिने ?

 

सुमन तिमल्सिना
विराटनगर, फागुन १३
विराटनगरको सहिद रंगशालामा नेपाल प्रहरीको पुलिस क्लव र घरेलु टोली मोरङ फुटवल क्लवको रोमाञ्चक खेल हेर्नको लागि बिहिवार दर्शको निक्कै भिड थियो । खेल ३ बजे पछि शुरु भएको थियो । खेल शुरु हुँदा धेरैलाई आशा थियो जसरी पनि मोरङले जितिदिए हुन्थ्यो भन्ने । तर खेल पनि राम्रै खेल्दै थियो मोरङले, मोरङको मात्र हैन नेपाल पुलिसको पनि उस्तै रोमाञ्चक थियो खेल मैदान । दर्शकहरुको पनि निकै उत्साह थियो ।
खेलको दोश्रो अन्तीम खेल भएर पनि निक्कै उत्साह भएको हुनुपथ्र्यो । खेल कै पहिलो हाफको ईन्जुरी समयमा रेफ्रीले खेलाडी बिष्णु सुनुवारलाई रेड कार्ड दिएर निकालेपछि माहौल अलि आक्रामक जस्तो देखिन्थ्यो । त्यसको केही समय पछि फेरी नेपाल पुलिसको तर्फबाट खेलको ८९ औ मिनेटमा सुमन सुवेदीले पहिलो तथा निर्णयक नै गोल गरेपछि दर्शक अलिक रिसाएको आभास आयोजकले पनि गरेको थियो । त्यसपछि दर्शक बिर्घाबाट आएको हुटिङ अनी आफ्नो–आफ्नो टिमलाई जिताउनका लागि भएको हुटिङले खेल मैदानमा अझ खेलाडीलाई उत्साह थपि रहेको थियो । खेल सकिनको लागि २ मिनेट मात्र बाँही रहेको ईन्जुरी समयमा नेपाल प्रहरीको गोल किपर भएको छेउबाट खेल मैदानमा केही पानीका बोटल (मिनरल वाटर) फालिएको कुरा रेफ्रीले बाहिर जानकारी गराएका थिए । त्यही बेला प्रहरीको टोली बोतल फालेको स्थानमा दौडिँदै गएको थियो । त्यहाँ पुगेको प्रहरी एकाएक आक्रोशित देखियो । darsahk
खेलको आनन्द लिई रहेका दर्शक माथि लाठी प्रहार गर्ने देखि समाउँदै कुट्नै गर्ने काम भई रहेको थियो । त्यहाँको त्यस्तो अबस्था देखेपछि पत्रकारहरुको ध्यान खेल भन्दा पनि प्रहरीले गरेको कुटपिट तर्फ तानियो । कुटपिटको भिडियो खिच्नको लागि म सहितको केही पत्रकारहरु त्यो प्याराफिट तर्फ जाँदै गर्दा अन्य पत्रकार भन्दा अघि म रहेकोले पनि होला प्रहरीले खिच्न लागेको क्यामेरा खेस्ने प्रयास ग¥यो । क्यामेरा खोस्ने कामको भुमिका खेलेका थिए प्रहरी जवान अमरलाल यादवले कुटपिटको भिडियो खिच्न खोजेको भन्दै उनले मेरो हातमा भएको क्यामेरा खोसेर भुईमा फग्ने प्रयास मात्र गरेनन् उनीसँगै सिभिलका प्रहरीले समेत आएर हातपात ग¥यो । प्रहरीले दर्शक र पत्रकार माथि गरेको हातपातको रमिते बनि रहेका थिए खेल हेर्न आएका प्रहरीका उच्चपदस्थ अधिकारीहरु । उनीहरुसँगै मोरङमा तिन दिन अघि मात्र आएका प्रहरी उपरिक्षक सन्दीप भण्डारी पनि कुटपिटको रमिते बने । सक्दो कुटपिट गर्दै गर्दा त्यसलाई रोक्ने काम कुनै अधिकारीबाट भएन । एउटै कारण हुनुपर्छ, पहिलो मोरङको उपस्थीती नै पत्रकार र सर्बसाधारण माथिको दमन या प्रहरी वर्दी प्रतिको सम्मान जसरी लिएपनि आएको ३ दिन नबित्दै प्रहरी उपरिक्षक भण्डारीलाई पहिलो गाँसमा नै ढुङगा लागेको छ । खेलको अन्तिम समयमा मैदानमा बोतल फालेको भन्दै प्रहरीले दर्शकलाई जथाभाबी कुट्नु ठिक हो हैन कि त आयोजकले जानोस कि त दर्शक र पत्रकार कुट्ने प्रहरीले नै जानुन् ।
प्रहरीले निर्घात कुटपिट गर्दा बोनीस धिमाल र युवराज थापा घाइते भएका छन् । मोरङ फुटवल क्लव र पुलिस क्लव काठमाण्डौ बिच भएको सेमिफाइनल खेलको अन्तिम समयमा मैदानमा बोतल फ्यालेको भन्दै प्रहरीले दुई युवालाई कुटिपिट गरेको हो । प्रहरीले दर्शकमाथी कुटपिट गरेको दृष्य खिच्न गएका म माथि मात्र हैन, अन्य पत्रकारहरु सुभाष कार्की र सबिन दाहाल माथि पनि अभद्र ब्यवहार भएका छन् । प्रहरीले दुरव्यावाहर गरेपछि दर्शकले प्रहरी विरुद्ध नारावाजी गरेका थिए । dars
पत्रकर माथि हातपात भएको र दुब्यवहार गरेको घटना लगत्तै म भएको ठाउँमा आएका प्रहरी उपरिक्षक भण्डारीले गलत भएको स्वीकार गरे । उनले भने गल्ती गरेकोलाई कार्वाही गर्छु । हुन त कार्वाही गर्लान नगर्लान तर खेल मैदानत भित्रको घटनाले पक्कै पनि राम्रो सन्देश दिँदैन ।
नारावाजीले गर्दा खेलको पुरस्कार वितरण कार्यक्रम आधा घण्टा राकिएको थियो । दर्शकल ाई खेल देखाउनको लागि पैसा तिराएर खेल मैदानतमा प्रबेश गराउने अनी प्रहरी लगाएर कुटाएको पो हो की भन्ने आशंका पनि नउब्जीएका हैनन् । तर त्यसो नभएको र दर्शकको सुरक्षाको जिम्मा आयोजकले लिने आयोजक समितिका संयोजक राजेन्द्र राउत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्