प्रेम देवान
विराटनगर १५ फागुन
बिराटनगरमा गत फागुन ९ गतेबा सुरु भएको विराट गोल्डकपले आज विश्राम लिदै छ । जारी बिराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधीकालागी आज झापा–११ र नेपाल पुलिस क्लब विच महा भिड्न्त हुदैछ । यसका लागी आज दुवै टिम उपाधी हात पार्न हौतासीएका छन् । साबिक बिजेता झापा–११ र बिभागिय टोली नेपाल पुलिस क्लबवीचको फाइनल खेल दिउँसो २ बजेपछी शहिद रंगशालामा सुरु हुने छ । सेमिफाइनलमा सशष्त्र प्रहरी बलको एपिएफलाई हराउदै झापाले फाइनलमा स्थान बनाएको थियो भने पुलिसले मोरङ फुटबल क्लबलाई हराउदै झपासँगको उपाधी भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको उपाधी बिजेता टोलीले पाँच लाख हात पार्दा उपबिजेता टोलीले तिन लाख रुपैयामै चित्त बुझाउने छ ।