विराटनगरमा सलुटो मोटरसाईकल आयो

<span class='c1'>विराटनगरमा सलुटो</span> <span class='c2'>मोटरसाईकल आयो</span>

प्रेम देवान
विराटनगर १६ फागु ।
यामाहा मोटर साईकलको विराटनगर क्षेत्रका लागी आधिकारीक विक्रेता तिरुपति अटो प्यालेसले १२५ सिसिको यामाहा सलुटो मोटर साईकल बिक्रीमा ल्याएको छ । tirupati
आज विराटनगरमा उदघाटन गरी सलुटो मोटर साईकल नेपाली बजारमा नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको जनाएको छ । ब्लु कोर ईन्जिन प्रविधीमा निर्माण गरिएको मोटर साईकलको पिकअप निकै उत्कृष्ट दिने कम्पनीले जनाएको छ । साथै मोटर साइकलले माईलेज प्रतिलिटर इन्धन बराबर ७८ किलोमिटर दिने सो कम्पनीले जनाएको छ ।
सुलुटो मोटर साईकलको क्षमता अन्य मोटर साईकलको तुलनामा निकै उत्कृष्ट दिने तिरुपती अटो प्यालेस विराटनगरका अध्यक्ष ईश्वरी प्रसाद पराजुलीले जानकारी दिनुभयो । साथै उहांका अनुसार मोटरसाईकलको मुल्य एक लाख उनासी हजार नौ सय रहेको छ । हलुका मध्येमा सालुटो मोटर साईकलको तौल १ सय १२ किलोग्राम रहेको छ । यमाहा सलुटोमा स्मुथ पिकअप भएका कारण मोटरसाईल चलाउदा निकै आनन्द आउने मोटर साईकलमा ट्युवलेस टायरभएका कारण यसले पन्चरको कुनै समस्या नहुने कम्पनीले जनाएको छ ।tirupati123

मोटरसाईकालको ग्राउण्ड क्लियरेन्स भएको कारण अफ रोडमा पनि सजिलै चलाउन सकिन्छ । उक्त मोटरसाईकल चारवटा रङहरु ग्लोरी, ग्रिन, बोल्ड ब्लु, ड््यासिङ ह्वाईट र म्याजिस्टिक रेडमा उपलब्ध रहेका छन् । सुलुटो मोटर साईकल नेपाली पारिवारीक मोटरसाईकलको रुपमा व्याख्या गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्