काउसो किराले सतायो दोलखा बासीलाई

काउसो किराले सतायो दोलखा बासीलाई

बिराटनगर फाल्गुन १६

दोलखाको बाबरे, कालिञ्चोकको पुरै सबै वार्ड लगाएत उत्तरी क्षेत्रका गाविस बासीलाई समेत काउसो किराले सताएको छ ।
उत्तिसको रुखबाट निस्कने झुसिल किराको काउसोको प्रकोप अत्यधिक बढेपछि अहिले स्थानीयबासीहरु विरामी समेत पर्न थालेका छन् । हिड्ने बाटो, खानेपानीको मुहान साथैै जस्ता र पालको अस्थायी टहरामा समेत काउसो पसेपछि भुकम्प प्रभावितहरु निकै समस्यामा परेका छन् । काउसो किराका कारण शरिर चिलाउने, शरिरभरी डावर आउने, आखामा पसेमा आखा दुख्ने, पोल्ने, आखा पाक्ने जस्ता समस्या स्थानीयहरुमा बढदै गएकोछ ।
बाबरे गाविस ७ का स्थानीय सहदेव बुढाथोकीले कालिञ्चोक एफएमसँग भएको कुरामा “अहिले गाउमा काउसो किराको प्रकोपका कारण बस्न, खान, हिड्न समेत समस्या भएको छ, खानेपानीको मुहानमा पनी काउसो किरा पस्ने र बाटोमा हिड्न सक्ने अवस्था छैन ।” बृद्धवृद्धा, सुत्केरी महिला, बालबच्चालाई त एक्दमै समस्या आइपरेको छ ।
यसै बीच काउसो किराका कारण अत्यधिक विरामी बढेपछि गाविस स्थित स्वास्थ्य चौकीमा औषधीको अभाव भएको छ । स्वास्थ्य चौकीका राधिका पाण्डेले किराको प्रकोप बढेपछि अत्यधिक मात्रामा विरामी आउने गरेपनि औषधी अभाव हुदा समस्या भएको बताए । उक्त स्वास्थ्य संस्थामा अहिले बाबरे सहित कालिञ्चोक, लामीडाँडा, गाविस बाट काउसो किराका कारण समस्यामा परेका विरामीहरु आउने गरेका उहाको भनाइ छ ।
काउसो किराका कारण नै फागुन १५ बाबरे ५ का राजेन्द्र पाण्डे र गजेन्द्र बहादुर पाण्डेको एक ÷एक वटा बाख्रा मरेको स्थानीय सहदेव बुढाथोकीले बताए । काउसो किराले मानिस सँगैै गाई, भैसी, बाख्रालाई समेत सताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्