मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ७ जना घाईते

मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ७ जना घाईते

मोरङ,फाल्गुन १७ गते।

मोरङ जिल्लामा आईतबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा सात जना घाईते भएका छन्।

सोराभाग ३ स्थित रंगेली सडक खण्डमा को.१प ९८६२ नम्बरको मोटरसाईकलले साईकल यात्री बबिया बिर्ता ९ बस्ने ३५ बर्षिय बढ्दो ऋषिदेवलाई ठक्कर दिई घाईते भएकोमा मोटरसाईकलका चालक कटहरी ४ बस्ने ३८ बर्षिय अष्टुला राजबंशी समेत गम्भिर घाईते भएको दुबै घाईतेलाई उपचारकालागि बिराटनगर स्थित न्युरो अस्पताल पठाएको छ।

त्यसैगरी सोराभाग ३ स्थित रंगेली सडक खण्डमा को.३ प ९६५१ नम्बरको मोटरसाईकलले साइकल यात्री सोहि स्थान २ बस्ने ३५ बर्षिया सुकमतिया देबि ऋषिदेबलाई ठक्कर दिएकोमा मोटरसाईकलका चालक बिराटनगर उप-महानगरपालिका १५ बस्ने २५ बर्षिय पशुपति कटुबाल समेत घाईते भई दुबैलाई उपचारकालागि नोवेल अस्पताल पठाएको छ ।

त्यसैगरी सुन्दर दुलारी ७ स्थित राजमार्गमा को.१ ह २११० नम्बरको सिटी रिक्सा र को.३ प ७१५५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सिटि रिक्सामा सवार सोहि स्थान ३ बस्ने २८ बर्षिय जरिन घिसिङ, निजकि श्रीमति २४ बर्षिया सर्मिला घिसिङ र छोरा ७ बर्षिय आखजुङ घिसिङ घाईते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्