विराटलक्ष्मी विकास बैंकले सस्तो ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने

<span class='c1'>विराटलक्ष्मी विकास बैंकले सस्तो</span> <span class='c2'>ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने</span>

विराटनगर फाल्गुन १८

बिराटनगर केन्द्रीय कार्यालय रहेको विराटलक्ष्मी विकास बैंकले कर्जा तर्फ केहि नयाँ शिर्षक थप गरि सस्तो ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने जनाएको छ । यसभन्दा अघि न्युनत्तम १०.५ प्रतिशतदेखि अधिकत्तम १५.५ प्रतिशतसम्म ब्याजदर रहेको विराटलक्ष्मीले न्युनत्तम ८.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरि कर्जाका नयाँ शिर्षकहरु थप गरेको छ ।    उक्त बैंकले  साना व्यवसाय कर्जा शिर्षकमा ९.९९ देखि ११∞ सम्म, गाडी खरिद  शिर्षकमा ८.९९∞, घर निर्माण÷घर घडेरी जग्गा  खरिद कर्जा शिर्षकमा ८.५० देखि ८.९९∞ सम्म र धितो ९ःयचतबनभ० कर्जा शिर्षकमा ११ देखि १२∞ सम्म ब्याजदर लिने गरि कर्जा लगानी शुरु गरेको जनाएको छ ।

दैनिक उपभोग्य वस्तु, कृषि उत्पादन, साना घरेलु उद्योग संचालन तथा अन्य सामग्री समेतको खरिद बिक्री उत्पादन गर्न साना व्यवसाय कर्जा तथा  मोटरबाटो तथा बिजुलीको सुविधा पुगेका नगरपालिका तथा शहरउन्मूख गा.वि.स. क्षेत्रमा घरनिर्माण, घर घडेरी खरिद तथा घडेरी खरिद कार्यका लागि न्युन ब्याजदरमा घर निर्माण घर घडेरी जग्गा  खरिद कर्जा दिने बैंकले जनाएको छ ।    व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि धितो राखेर वा नराखी गाडी खरिद कर्जा तथा बहालवाला कर्मचारी, व्यापारी, उद्योगपति, कृषक र सामाजिक मान प्रतिष्ठा भएका व्यक्तिहरुलाई धितो तथा आयश्रोतका आधारमा धितो कर्जा दिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्