अबैध रुपमा भारत तर्फ लैजाँदै गरेको चौपाया प्रहरी नियन्त्रणमा

<span class='c1'>अबैध रुपमा भारत तर्फ लैजाँदै</span> <span class='c2'>गरेको चौपाया प्रहरी नियन्त्रणमा</span>

बिराटनगर फाल्गुन १८

भारत तर्फ अबैध रुपमा लैजाँदै गरेको करिब दुई लाख रुपैयाँ भन्दावढी मुल्यका १८ वटा चौपाया सशस्त्र प्रहरीले आज विहान मोरङको रंगेलीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रंगेलीको गस्ती टोलीले विहान ४ वजे भारतीय क्षेत्र तर्फ पुर्याउन लागेको अवस्थामा सिमावर्ती क्षेत्र रंगेली नगरपालीका –३ चोप्राहाबाट १६ वटा गाई, एउटा गोरु र एउटा बाछो नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरिक्षक विदुर भट्टराईले जानकारी दिनुभएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखि चौपाया चोरी तस्करी गर्नेहरु भारतिय क्षेत्र तर्फ फरार भएकोले मानिस भने पक्राउ गर्न नसकिएको निरिक्षक भट्टराईले बताउनु भएको छ । नियन्त्रणमा लिएका चौपायाहरु आवश्यक अनुसन्धान र कार्वाहीको लागी विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्