बिराटनगर फाल्गुन १९
बिराटनगर जन आन्दोलन चोक छेउको जोगबनी बस स्टेन्डलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले हटाउने भएको छ । उक्त स्थानमा बसहरुले गर्दा दुर्घटना बढेका कारण उक्त स्थानबाट स्टेन्ड हटाएर बस पार्क पुर्व लगिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख धनप्रसाद सिवाकोटीले बताए । उक्त स्टेन्ड सारिएपछी दुर्घटनामा पनि कमि आउने प्रहरीको भनाइ छ ।