चालक अनुमतीपत्र छिटो नदिए आन्दोलन हुन्छ : सिटि रिक्सा चालक संघ

चालक अनुमतीपत्र छिटो नदिए आन्दोलन हुन्छ : सिटि रिक्सा चालक संघ

प्रेम देवान
फागुन, १९ विराटनगर ।
सिटि सफारी रिक्सा चालकहरुले आफुहलाई चाडो भन्दा चाडो अनुमतिपत्र उपलब्ध गराउन माग गरेका छन् ।
रिक्सा चलाउदा घटना वा दुर्घटनाभइ ज्यान जाने र मुद्धादर्ता हुन सकने भएकाले त्यसता घटना हुन नदिन सिटि रिक्सा चालक अनुमतीपत्र माग गरेका छन । यदि समय मै उपलब्ध नगराए संर्घषका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विभिन्न राजनितिकदलसंग आवद्ध चालकसंघ संगठनहरुले विराटनगरमा आज पत्रकार सम्मेलनगरी विराटनगर कतिपय सिटि रिक्सा अनुपमती विनानै संचालन भएकाले अनुमती पत्र नहुदा दुर्घटना हुन सकने भएकाले त्यसलाई रोक्न चालक अनुमतीपत्र आवश्यक भएका जनाएका छन ।
विराटनगर उप महानगरपालिकाले दिएको अनुमतीभन्दा दोब्बर रिक्सा संचालनमा आएका छन । सिटि रिक्सा संचालनका लागी कुनै मापदण्ड नहुदा टा«फिक व्यवस्थापन समेत अव्यवस्थित हुदै गएको आमसर्वसाधरणको गुनासो आउन थालेको छ ।
चालकहरुले हाइवेक्षेत्रमा मात्र सिटि रिक्सा चल्ने भएकाले विराटनगरको रोडशेष चौकदेखी कंचनवारीसम्म निर्वाद रुपले संचालन गर्न पाउनु पर्ने नेपाल ई रिक्शाश्रमिक चालक संघ विराटनगका अध्यक्ष दिपक मण्डलले बातउनुभयो ।
पत्रकार सम्मेलनमा सिटि रिक्सालाई अन्य सवारी साधन जस्तै सवारी नम्बर प्रदान गर्न , स्टेनको व्यावस्था तथा सिटि रिक्सा वातावरण मैत्री भएकाले निर्वाद रुपले सवै स्थानमा संचालन गर्न पाउनुपर्ने नेपाल रिक्सा सिटी सफारी चालक युनियन रानी विराटनगरका अध्यक्ष गोपाल भुजेलले माग गर्नु भएको छ ।
विराटनगर क्षेत्रमा तिन साढे तिन सयको संख्यामा सिटि रिक्सा संचालनका लागी अनुमती पाएकोमा १२ सयभन्दा वढि रिक्साहरु अहिले विराटनगरमा संचालनमा आएको अखिल नेपाल विधुतिय रिक्सा मजदुरसंघका केन्द्रिय उपाध्यक्ष प्रेमपुरीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस , एमाले, एकिकृत माओवादीपाटी आवद्ध रिक्सा चालकहरुको सहभागिता थियो ।
उहाहरुले माग पुरा गर्न विराटनगर उप–महानगरपालिका, यातायात कार्यालय तथा जिल्ला ट्रफिक कार्यालयलाइ समेत आग्रह गरेका छन । आफुहरुको मागलाई वेवस्था गरे ससक्त आन्दोनमा जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्