शेरबहादुर देउवाको प्यानल घोषणा

शेरबहादुर देउवाको प्यानल घोषणा

 

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी कार्यलय सानेपामा ठुलो सङ्ख्यामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । देउवाको टिममा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादव छन् ।

देउवा पक्षको प्यालनलाई नेता कुलबहादुर गुरुङले प्रस्ताव र खुमबहादुर खड्काले समर्थन गरेका छन् ।

यो संगै कांग्रेस सभापतिका लागि तीनजनाको दावेदारी पेश भएको छ । देउवासंगै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिका उम्मेदवार हुन ।

यसअघि हिजो सभापतिका लागि आआफ्नो प्यानलसहित रामचन्द पौडेल र कृष्प्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका थिए ।

सभापतिका लागि सुजाता कोइरालाले पनि उम्मेदवारी घोषणा गरेकी थिइन् । तर न रामचन्द्र पौडेलसंग सहमति गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेक थिइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्