विराटनगर फाल्गुन २१ , प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले मोरङले शनिबार विराटनगरमा गर्न लागेको जनसभाको विराटनगर आउने भएका छन। प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछी विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जनसभा उद्धघाटन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएपछि सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा अधिकारीहरुको बैठक बसेको छ । बैठकमा सुरक्षा प्रवन्ध कसरी मिलाउने भन्ने बारेमा छलफल भएको सुरक्षा अधिकारीले बताएका छन् । विराटनगर विमानस्थलदेखि कार्यक्रम स्थल सहिद रंगशाला सम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर उचित सुरक्षा प्रवन्ध मिलाउन र कुनैपनि अप्रिय घटना हुन नदिन सबै सुरक्षा निकायलाई हाईअलर्टमा राख्ने तयारी भएको छ ।