बिराटनगर फाल्गुन २२ , क्षेत्रीय नापतौल तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले बिराटनगरका पेट्रोल पम्महरुमा अनुगमन गरेको छ । सो अनुगमनमा बिराटनगर १९ मा रहेको सुनसरी ट्रेडिङ सेन्टरमा पेट्रोलियम पदार्थमा ठगी गरेको पाईएपछि सो पम्म बन्द गर्न निर्देशन दिएको छ । सो पम्पमा बितरीत पाँच लिटर पेट्रोलमा २५ एमएल कमी रहेको पाइएको थियो । यस्तै बिराटनगर-१७ मा रहेको अमन आयल सेन्टर र बिराटनगर-१३ को अन्नपूर्ण सप्लायर्समा पनि अनुगमन गरिएको थियोे । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो आएपछि अनुगमन गरिएको थियो ।