विराटनगरमा एमालेको आमशभा जारी

<span class='c1'>विराटनगरमा एमालेको</span> <span class='c2'>आमशभा जारी</span>

अनिल श्रेष्ठ
विराटनगर, २२ फागुन । नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवाश चन्द्र नेम्हाङ्गले अहिले बनेको संविधान एतिहासकि संविधान बनेको बताउनुभएको छ । विराटनगरको सहिल मैदानमा आज भइरहेकोे वृहत जनसभालाई सम्बोधन गर्दै नेता नेम्हाङ्गले सो कुरा बताउनुभएको हो ।
अहिले बनाएको संविधान जनताले बनाएको संविधान रहेको बताउनुभयो । अहिले संविधाने साशकले नभएर सर्वहारा जनताले बनाएको संविधान रहेको हुनाले अब सबै भएर कायन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एतिहासिक रुपमा बनेको संविधान कार्यन्वयन गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।
उहाँले मधेशीहरुले नागरकीता पाउदैन भन्दै भ्रम पैmलाएको भन्दै त्यसको पछाडी नलाग्न कार्यकतालाई आग्रह गर्नुभयो । उहाँले मधेश र तराईका जिल्लामा आजको मितिसम्म ५ सय ९६ जनाले वैवाहिक अंगकृत नागरीकता पाएको जानकारी गराउनुभयो । उहाँले मोरगंमा मात्र ३६ जनाले अंगकृत नागरीकता पाएको बताउनुभयो । सभामा एमालेका शिषर्शत नेताहरुले सम्बोधन गर्न बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्