मतदान आज : कांग्रेस नेतृत्वका लागि ३ सय १२ जना चुनावी मैदानमा

मतदान आज : कांग्रेस नेतृत्वका लागि ३ सय १२ जना चुनावी मैदानमा

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्वका लागि ३ सय १२ जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गराएका ६३ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएसँगै नेतृत्वका लागि ३ सय १२ जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । तीन जना पदाधिकारीका लागि १० जनाबीच तथा ६१ जना केन्द्रीय सदस्यका लागि ३ सय २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति, महामन्त्री र कोषाध्यक्षका उम्मेद्वारले आफ्नो उम्मेद्वारी यथावत कायम राखेका छन् । सभापति, महामन्त्री र कोषाध्यक्षका उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएसँगै ती पद्मा चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारी फिर्ताका लागि शनिबार विहान ११ बजेसम्मको समय दिएकामा खुलातर्फ ४, महिलातर्फ २, प्रदेशतर्फ ३५, आदिवासी जनजातितर्फ १०, आदिवासी जनजाति महिलातर्फ २, दलिततर्फ १, दलित महिलातर्फ १, मधेशीतर्फ ३, मधेशी महिलातर्फ १ र मुस्लिमतर्फ ४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाचन समितिले प्रकाशन गरेको उम्मेद्वारहरुको अन्तिम नामावली अनुसार आदिवासी जनजाति कोटामा सबैभन्दा बढी प्रतिस्पर्धा हुने देखिएको छ । आदिवासी जनजाति कोटामा ३ सीटका लागि ४० जनाको उम्मेद्वारी परेको छ । यस्तै, मधेशी कोटामा भन्दा दलित कोटामा बढी उम्मेद्वारी परेको छ । दलिततर्फ ३ सीटका लागि २० जना प्रतिस्पर्धामा छन् भने त्यति नै कोटाका लागि मधेशीतर्फ १५ जना उम्मेद्वार छन् ।  प्रदेश नम्बर २, प्रदेश नम्बर ६ र दलित महिलातर्फ २÷२ सिटका लागि जम्मा ५÷५ जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् । केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि अलग अलग रंगका ९ वटा मतपत्र प्रयोग गरिने जनाएको छ । निर्वाचन समितिले भोलि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्