पुर्वमा छुट्टाछुट्टै दुर्घटना हुदां एकको मृत्यु एघार घाईते

<span class='c1'>पुर्वमा छुट्टाछुट्टै दुर्घटना हुदां</span> <span class='c2'>एकको मृत्यु एघार घाईते</span>

विराटनगर २३ फागुन ।
पुर्वको विभिन्न स्थानमा सवारी दुर्घट्नामा परी एक जना मृत्यु एघार जना घाईते भएका छन्।
झापा लखनपुर १ स्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको बा.२ ख ५८५४ नम्बरको ट्रकले एक पैदल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए।

घाईते हुनेमा लखनपुर १ बस्ने ४० बर्षिय टेक नाथ भट्टराई रहेका छन्। ठक्करबाट घाईते भट्टराई लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको थियो। ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय दमको नियन्त्रणमा राखीएको छ।
त्यसैगरी धनकुटा पाख्रीबास नगरपालिका ५ स्थित सडक खण्डमा को.१ ज १७४८ नम्बरको मारुती भ्यान ब्रेक फेल भई सडकबाट १० मिटर तल खस्दा दश जना घाईते भएका छन्।
घाईते सबैको धरान स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि पठाईएको छ भने चार जनाको अबस्था गम्भिर छ। चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका ७ स्थित सडक खण्मा को.३ प ९४४९ नम्बरको मोटरसाईकलले साईकलयात्री लाई ठक्कर दिँदा गम्भिर घाईते भएका छन्।
घाईते हुनेमा बबिया ९ बस्ने ५५ अब्दुर जाक खान रहेका छन। खानलाई उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पताल ल्याईएको पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्