नारी दिवसमा लियो ईनोभेटिभले लेडी रन गराउने

<span class='c1'>नारी दिवसमा लियो ईनोभेटिभले</span> <span class='c2'>लेडी रन गराउने</span>

प्रेम देवान
विराटनगर २३ फागुन । लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन गर्ने जनाएको छ ।
प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको रोड रन कार्यक्रम यस वर्ष पनि गर्ने लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकारी दिनुभयो । अध्यक्ष चौधरीले रोड रन कार्यक्रम आगामी फागनु २५ गते महेन्द्र चोक स्थित बिहान ७ बजे गर्ने बताउनुभयो । साथै रोड रन महेन्द्र चोक देखी सनी मन्दिर, जलजला चोक, ट्राफिक चोक हुदै पुन महेन्द्र चोकमा पुगी समापन गर्ने जनाएको छ । विशेष गरी स्कुल, कलेजमा अध्ययनरत विद्यार्थी तथा विवाहित, अविवाहित जो सुकै महिलाले पनि सहभागीता जनाउन सकिने बताईएको छ । प्राण लिची जुसले मुख्य प्रायोजक गरेको लेडी रनमा प्रथम हुने व्याक्तीले ४ हजार १ सयको साथमा ट्रफी तथा लक्ष्य ईम्पोरिमबाट क्याजुयल ड्रेस , स्माईली क्याफे बाट डिनर, दोस्रो हुनेलाई तीन हजार १ सय साथमा ट्रफी तथा लक्ष्य ईम्पोरिमबाट क्याजुयल ड्रेस , स्माईली क्याफे बाट डिनर, र तृतिय हुनेलाई २ हजार १ सय साथमा ट्रफी तथा लक्ष्य ईम्पोरिमबाट क्याजुयल ड्रेस , स्माईली क्याफे बाट डिनर प्रधान गरिने छ । प्रतियोगिले भाग लिनका लागी १ सय रजीस्टसन् शुल्क लाग्ने र प्रत्येक प्रतियोगीलाई टि सर्ट उपलब्ध गराईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्