बिराटनगरका विभिन्न औषधि पसलमा छापा

<span class='c1'>बिराटनगरका विभिन्न औषधि</span> <span class='c2'>पसलमा छापा</span>

विराटनगर फाल्गुन २४ ,  बिराटनगरका विभिन्न औषधि पसल सहित निजी नर्सिङ होमहरुमा औषधि व्यवस्था विभागले छापा मारेको छ । अनुगमन गर्दा त्यहाँ म्याद गुज्रिएका औषधि बिक्री हुने गरेको पाइएको छ । विराटनगरको रोडशेषदेखि सुरु गरिएको अनुगमनले नगरका लगभग एक दर्जन औषधि पसल र निजी क्लिनिकहरुको अनुगमन गरेको थियो । विराटनगरको सप्तकोशी नर्सिङ होमामा म्याद गुज्रिएका विभिन्न एघार प्रकारका औषधि बिक्री गर्ने गरेको खुलेको छ ।  जयनारायण यादवले विराटनगर–१६ मा संचालित नामबिनाको औषधि पसल बन्द गरेर संचालक भागेको अनुगमन टोलीले जनाएको छ । यस्तै यादवले नै संचालन गरेको ल्याब फोहोर पाइएको थियो । मिति सकिएका  औषधिहरु सप्तकोशी नर्सिङ होमको इमर्जेन्सी कक्षको दराज भित्र पाइएको थियो । अनुगमनमा औषधि व्यवस्था विभागका प्रमुख गणेश तामाङ, वाणिज्य, आपूर्ति तथा सामान्य प्रसासन मन्त्रालयको निर्देशनमा काठमाण्डौवाट  आएको टोली लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्