श्री श्री ठाकुर अनुकुल चन्द्रको १ सय २८ औं जन्मजयन्ती

श्री श्री ठाकुर अनुकुल चन्द्रको १ सय २८ औं जन्मजयन्ती

फागुन २४ विराटनगर ।
श्री श्री ठाकुर अनुकुल चन्द्रको १ सय २८ औं जन्मजयन्ती तथा मन्दीर प्रतिष्ठापनको अवसर विराटनगर–२२ स्थित रानीमा आज भव्य धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।
विराटनगर–२२ मा रहेको ठाकुर अनुकुलचन्द्रको मन्दीर परिसरमा नेपाल र भारतका हजारौ भक्तजन सहभागीभइ उहाको वारेमा प्रवचन तथा पुजापाठको धार्मिक कार्यक्रमको आयोजना गरिएको हो । ठाकुर परिवारका दिव्य पुरुष अजिताभ चक्रवर्तीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
भारतको देवधामवाट परिवार सहित आउनु भएको दिव्य पुरुष चक्रवार्तीले सो अवसरमा सहभागीहरुलाइ सत्यमन्त्र तथा आर्सिवाद वचन दिनु भएको थियो । उहालाइ भेटन भक्तजनहरुको ठुलो घुइचो लागेका थियो ।
कार्यक्रममा रितिक नरहरी थापा, विष्णु केसी, विजयकान्त झा, श्यामकुमार चौधरी तथा अरुण कर्णले प्रवचन समेत दिनु भएको थियो
अनुकुल चन्द्रको जन्मजयन्तीको अवसर पारे प्रतेकवर्ष ७ मार्चका दिन भव्य धार्मिक समारोह आयोजना हुने गरेको मन्दीर व्यवस्थापन समितिका सचिव अरुण कर्णले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्