राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सुरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर फाल्गुन २६ ,  विराटनगरमा मंगलबारदेखी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको   छ । मोरङ जिल्ला खेलकुद विकाश समितीको आयोजनामा मंगलबार भएको १५ सय मिटर छात्रतर्फ शान्ति भगवतिका विशाल राईले स्र्वण, जुपिटरका सुनिल राईले रजत र आर्दश उमाविका लोकेश्वर रायले कास्य पदक वितेका थिए भने छात्रातर्फ हरैचा उमाविकी ज्योति त्रितालले स्र्वण, राधिका उमाविकी मुना चम्लागाइले रजत र मनोहर जनताकी कमला गड्तौलाले कास्य पदक जितेकी छिन् । त्यसैगरी एक सय मिटर छात्रतर्फ गौतमबुद्धका वसिम आलमले स्र्वण, माट्र्स मेमोरीयलका सुरज ठाकुरले रजत र सरस्वति इटहराका निश्चल धिमालले कास्य पदक हात पारेका छन् भने छात्रातर्फ सरस्वति इटहराकी प्रजिना बस्नेतले स्र्वण, पञ्चायतकी अनिषा धिमालले रजत र जसपिटरकी रुना पौडेलले कास्य पदक हात पारेकी छिन् ।

ज्याल्ङिथ्रो छात्रा तर्फ पञ्चायतकी प्रतिका राईले स्र्वण, श्रीमाविकी सुभद्रा राईले रजत र सरस्वति इटहराकी सरीता मुर्मुले कास्य पदक हात पारेका छन् भने छात्रतर्फ राधिका उमाविका पदम तामाङले स्र्वण, श्रीमाविका अनिल चौधरीले रजत र जनता उमाविका शिवजी यादवले कास्य पदक हात पारेका छिन् । त्यैसैगरी सटपुट छात्रतर्फ शान्ति भगवतिका चित्रबहादुर विकले स्र्वण, आर्दश उमाविका चन्द्र चेपाङले रजत र जनसेवाका वृहस्पती लिम्बुले कास्यपदक जितेका छन् भने छात्रातर्फ सारदाकी सविना धिमालले स्र्वण, पञ्चायतकी जुनु आङवुहाङले रजत र कालिकाकी रमिता लिम्बुले कास्य पदक जितेकी छिन् । भलिबल र कवडीको छात्र तथा छात्राको पहिलो चरणको खेल सकिएको छ । कराँते,उसु र तेक्वान्दोको खेल बुधकार अन्तिम दिन हुने छ ।

रनिङ शिल्डमा एथलेटिक्स, कँराते, भलिबल, उसु, कवडी र तेक्वान्दो प्रतियोगिता समावेश गरिएको छ । हरेक इभेन्टमा मोरङका नौ वटा निर्वाचन क्षेत्रबाट दुई÷दुईवटा टिम समावेश हुनेछन् । बुधबार सम्म हुने प्रतियोगितामा नौ वटा निर्वाचन क्षेत्रबाट १४ सय ५१ खेलाडीहरु सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्