आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सम्पन्न

<span class='c1'>आठौं राष्ट्रपति रनिङ शिल्ड</span> <span class='c2'>प्रतियोगिता विराटनगरमा सम्पन्न</span>

विराटनगर, मोरङ जिल्ला खेलकुद विकाश समितीको आयोजनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा बुधबार सम्पन्न भएको छ ।
prem
बुधबार भएको २ सय मिटर छात्रतर्फ सरस्वति इटहराका निश्चल धिमालले स्र्वण, जुपिटरका विकास तामाङले रजत र कालिका टंकीका राजन ठटालले कास्य पदक वितेका थिए भने छात्रातर्फ सरस्वति इटहराका प्रजिना बस्नेतले स्र्वण, हरैचा उमाविकी नितु सिरालले रजत र सारदा मधुमल्लाकी निर्मला दनुवारले कास्य पदक जितेकी छिन् । त्यसैगरी ४ सय मिटर छात्रतर्फ जुपिटरका सतिस चौधरीले स्र्वण, हरैचा उमाविका मनिस खडकाले रजत र राधिका उर्लाबारीका पदमले कास्य पदक हात पारेका छन् भने छात्रातर्फ हरैचा उमाविकी ज्योति त्रिताललले स्र्वण, दुर्गा माविकी पुष्पा श्रेष्ठले रजत र निलगीरी मझारेकी सुसिला महतोले कास्य पदक हात पारेकी छिन् । ३ हजार मिटर छात्रतर्फ याङदिप राईले स्र्वण, निलगीरीले मझारेका सुसिल किस्कुले रजत र जुपिटरका सुसिल राईले कास्य पदक हात पारेका छन् भने छात्रातर्फ श्रीमाविकी निकीता धिमालले स्र्वण, राधिका उमाविकी मुना चम्लागाईले रजत र कालिका उमाविकी प्रिति राईले कास्य पदक हात पारेकी छिन् । त्यैसैगरी त्रिपल जम्प छात्रतर्फ यनिक टंकिका सुरज माझिले स्र्वण, जुपिटरका सतिस चौधरीले रजत र सुनपकुवाका रवि विकले कास्यपदक जितेका छन् भने छात्रातर्फ गौतमबुद्धकी नेहा गीरीले स्र्वण, सारदाकी तुलसी कार्कीले रजत र राधिकाकी सम्झना खडकाले कास्य पदक जितेकी छिन् ।
त्यस्तै हाईजम्प छात्रर्फ ज्योति माविका सनिज लिम्बुले स्र्वण, राधिकाका सम्भु बस्नेतले रजत र सरस्वति इटहराका दिपेश गनगाईले कास्य पदक हात पारेका छन् भने छात्रातर्फ सुकुनाकी काजल खवासले स्र्वण, सुववर्सीकी दिक्षा गौतमले रजत र सारदाकी भुमिका बराईलीले कास्य पदक हात पारेकी छिन् ।
त्यस्तै उसुतर्फ छात्रको नानछवानमा जनपथका उज्वल राईले स्र्वण,बुढानिलकण्ठका रोहित पटेलले रजत , पशुपति शिक्षाका कोसिष राईले कास्य पदक जितेका छन् । छाङछवानमा सरस्वतिका गोविन्द मारीकले स्र्वण, मेरीगोल्डका पारस मारीकले रजत , अरनिकोका अविशेक वागले कास्य पदक जितेका छन् । यस्तै थाइचीछवानमा मेरीगोल्डका राहुल मारीकले स्र्वण, बुढानिलकण्ठका नाङ सुहान राईले रजत , पशुपतिका चिरन्जीवी राईले कास्य पदक जितेका छन् भने छात्राको नानछवानमा ग्यालेक्सी पब्लिककी एलिजा मारीकले स्र्वण, बुढानिलकण्ठकी अनुपमा निरौलाले रजत , अरनिकोकी सेजल पोद्धारले कास्य पदक जितेकी छिन् । त्यस्तै छाङछवानमा विराट चिल्ड्रेलकी सुधा लिम्र्बुले स्र्वण, विराट चिल्ड्रेनकी कृतिका राईले रजत पदक जितेकी छन् । थाइचीछवानमा नमुना विद्या मन्दिरकी आरती सरदारले स्र्वण, अरनिकोकी एन्जल पोद्धारले रजत , अरनिकोकी मेघना गौतमले कास्य पदक जितेकी छन् ।
त्यसैगरी तेक्वान्दो छात्रतर्फ ४५ केजी समुहमा मदरटरेसाका नामसाङ लिम्बु प्रथम र अन्नपुर्ण पथरीका वविन लिम्बु दोस्रो, ४८ केजी समुहमा मिल्स माविका निरबहादुर गीरी प्रथम र द राइजिङका कुशल राई दोस्रो तथा ५१ केजी समुहमा एभरेष्ट स्कुल विराटनगरका नेहाल विक्रम साह प्रथम र अन्नपुर्णका समिर मगर दोस्रा भएका छन् भने छात्रातर्फ ४२ केजी समुहमा जनपथकी निता नेपालि प्रथम र ज्ञानोदयकी जुना राई दोस्रो, ४४ केजी समुहमा जनसेवाकी रविना गुरुङ प्रथम र पल स्कुलकी रुकमाया राई दोस्रो तथा ४६ केजी समुहमा लक्ष्मि उमाविकी यमुना राई प्रथम र पल स्कुलकी पुर्णकुमारी तामाङ दोस्रो भएकी छिन् । उत्कृष्ट खेलाडी छात्रमा एभरेष्ट स्कुल विराटनगरका नेहाल विक्रम साह तथा छात्रामा लक्ष्मि उमाविकी यमुना राई घोषित भएका छन् ।
त्यस्तै भलिबलको छात्रतर्फ सुकुना उमावि कोशी हरैचाले स्र्वण, लक्ष्मि उमाविले रजत तथा सावित्रि उमावि राजघाट र सुनगाभा उमावि उर्लाबारीले कास्य पदक जितेको छ भने छात्रातर्फ राधिका उमावि उर्लाबारीले ूस्र्वण, सुकुना उमावि कोसिहरैचाले रजत तथा अन्नपुर्ण उमावि पथरी र आर्दश बालिका विराटनगरले कास्य पदक जितेका छन् ।
साहि अवसरमा हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय स्कुल व्याडमिन्टन प्रतियोगितामा कास्य पदक जित्न सफल मोरङ कटहरी का राष्ट्रिय आर्दश विद्या मन्दिरका छात्रा यु–१२ मा रोज पाण्डे र छात्रा यु–१४ मा सिमा राजवंशीलाई सम्मान गरीएको छ ।
रनिङ शिल्डमा एथलेटिक्स, कँराते, भलिबल, उसु, कवडी र तेक्वान्दो प्रतियोगिता समावेश गरिएको छ । हरेक इभेन्टमा मोरङका नौ वटा निर्वाचन क्षेत्रबाट दुई÷दुईवटा टिम समावेश हुनेछन् । मंगलबारदेखी शुरु भएको प्रतियोगितामा नौ वटा निर्वाचन क्षेत्रबाट १४ सय ५१ खेलाडीहरु सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्