तयारी भएपछि पुनः आन्दोलन सुरु हुने : उपेन्द्र यादव

<span class='c1'>तयारी भएपछि पुनः आन्दोलन सुरु</span> <span class='c2'>हुने : उपेन्द्र यादव</span>

 

२६ फागुन, विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति सञ्चय गर्न केही दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताएका छन् । पूर्णरुपले तयारी भएपछि पुनः आन्दोलन सुरु हुने यादवले बताए ।

बुधबार विराटनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले भने, ‘हाम्रो आन्दोलन न सकिएको छ, न स्थगित भएको छ । तत्कालका लागि स्वरुप मात्र परिवर्तन भएको हो ।’

६ महिनासम्म आन्दोलन गर्दा पनि मधेसी जनताको माग सम्वोधन गर्न सरकार तयार नभएको उनले आरोप लगाए । सरकारले मधेस र मधेसी जनतालाई विभेद गरेसम्म आन्दोलन नरोकिने उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्