लोकसेवाले माग्यो १४११ खरिदार

<span class='c1'>लोकसेवाले माग्यो</span> <span class='c2'>१४११ खरिदार</span>

आयोगले बुधबार सूचना जार गर्दै २२५ जना खरिदार पदका लागि आन्तरिक रुपमा परीक्षा गर्ने जनाएको छ। अहिले खरिदारभन्दा तल्लो तहमा रहेर सरकारी सेवामा रहेकाहरुले आन्तरिक प्रतिस्पर्धामा सहभागी पाउने जनाइएको छ।

आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटा, मेची अञ्चल कार्यालय इलाम, सगरमाथा अञ्चल कार्यालय दिक्तेल, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीले अलग अलग संख्यामा खरिदार माग गरेका छन्। यसैगरी जनकपुर अञ्चल कार्यालय जलेश्वर, नारायणी अञ्चल कार्यालय हेटौडा, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखरा, लुम्बिनी अञ्चल कार्यालय बुटवल, धवलागिरी अञ्चल कार्यालय बाग्लुङ, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेत तथा राप्ती अञ्चल कार्यालय दाङले छुट्टाछुट्टै संख्याका लागि आवेदन मागेका छन्।

आयोगले यो वर्षदेखि खरिदारको आवेदन पनि अनलाइनबाट फारम बुझाउनु पर्ने जनाएको छ।

अनलाइनबाट फारम बुझाउने सुविधाका कारण परीक्षार्थीहरुले लोकसेवा कार्यालयमा लाइन बस्नु पर्नेछैन। त्यसको सट्टा लोकसेवा आयोगको वेबसाइट पीएससी डट जिओभी डट एनपीमा गएर अनलाइन एप्लिकेसनमा क्लिक गरी आवेदकले साइन इन गरेर आफ्नो प्रोफायल तयार पार्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्