महँगोमा पेट्रोल बेच्न विराटलाई स्वीकृति, प्रतिलिटर १ सय ३० रुपैयाँ पर्ने

महँगोमा पेट्रोल बेच्न विराटलाई स्वीकृति, प्रतिलिटर १ सय ३० रुपैयाँ पर्ने

काठमाडौं,फागुन २८ । सरकारले विराट पेट्रोलियमलाई महँगो मूल्यमा पेट्रोल विक्री गर्न स्वीकृति दिएको छ । विराटले करिब १ लाख ४० हजार लिटर पेट्रोल आयात गरेको छ । आयातित पेट्रोल १ सय ३० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गर्न सरकारले स्वीकृति दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारी स्वामित्वको आयल निगमले हाल ९९ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री गरिरहेको छ ।

बिराटले निगमको भन्दा प्रतिलिटर ३१ रुपैयाँ महँगोमा बिक्री गर्ने अनुमती पाएको हो । सरकारबाट बढीमा ६ महिनासम्म इन्धन आयात इजाजत पाएको विराटले यसअघि पहिलो खेप काठमाडौंमा ल्याएर १ सय ९० रुपैयाँ पतिलिटरका दरले बिक्री गरेको थियो । भारतले नाकाबन्दी गरुन्जेल निगमले इन्धन आपूर्ति सहज गर्न नसकेपछि सरकारले निजी क्षेत्रलाई आयात स्वीकृति दिएको थियो । तर, निजी क्षेत्रले ल्याउने इन्धन मूल्य आयातकर्ता कम्पनीले नै तोक्न पाउने इन्धन मूलय आयातकर्ता कम्पनीले नै तोक्न पाउने प्रावधान राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्