नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा

नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा

विराटनगर फाल्गुन ३०

भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले बताएको छ । पक्राउ पर्नेमा चितवन, रामेछाप, सुनसरी, उदयपुर र संखुवासभाकी महिला रहेकी छन् । त्यस्तै, पक्राउ पर्ने पुरुषमा सुनसरी इनरुवा–२ का ३० बर्षिय रोहित दर्नाल रहेका छन् ।पक्राउ परेका सातै जना महिलालाई केआई नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दर्नाललाई अनुसन्धानका लागी सिमा प्रहरी चौकी रानीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्