गोपाल रेग्मीलाई नागरिकको प्रश्न “बाटो किन भत्काएर छोडेको ?”

गोपाल रेग्मीलाई नागरिकको प्रश्न “बाटो किन भत्काएर छोडेको ?”

बिराटनगर चैत १ ,

बिराटनगर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित बिराटनगरबासिले उपमहानगरपालिका का कार्यकारी अधिकृत गोपाल रेग्मीलाई बिराटनगरमा अहिले चलिरहेको बाटो भत्काएर किन छाडिएको भनी प्रश्न गरेका थिए । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालनमा रहेको ढल तथा नाला निर्माणकार्यले गर्दा बाटो भत्काएकोले हिड्न नसक्ने अवस्था रहेकाले बाटो भत्काएर नछाड्न आग्रह गरेका छन । उक्त भत्काइएका सडक चाडै मर्मत नगरिए बर्खा लागेपछि निकै समस्या हुने बिराटनगरबासिले गुनासो पोखेका थिए । उक्त प्रश्नहरुको जवाफमा कार्यकारी अधिकृत रेग्मीले नाकाबन्दी र लगातारको बन्दका कारण अहिले एकैपटक सबै सडक भत्काउनु गर्ने अवस्था रहेको र तत्काल ती बाटो पिच गर्न त्यहा खनेको माटो नबसीकन नसकिने पनि उनलेे बताए । बिकास निर्माणका काम सम्पन्न गर्न समय लागेपनि गुणस्तरीय काम हुने र निर्माणकार्य सम्पन्न भएपछि बिराटनगरको मुहार फेरिने आशवासन उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्