मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान

मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख नेता दिल्ली प्रस्थान गरेका छन् । मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित ५ जना दिल्लीमा पुगेका हुन्। उता जानेमा हृदयेश त्रिपाठी, दमननाथ ढुंगाना र विजयकान्त कर्ण पनि छन् ।

नेपाल–भारत महिला मैत्री समाजको निमन्त्रणामा नेताहरु दिल्ली गएको यादवका प्रेस सहयोगी महेश चौरसियाले बताए । 'एउटा अन्तक्र्रियात्मक कार्यक्रममा सहभागी हुन जानुभएको हो, त्यसपछि नेपाल फर्कनुहुन्छ,' चौरसियाले भने । उनका अनुसार नेताहरुले दिल्लीमा सोमबार अन्तक्र्रियात्मक कार्यक्रममा भाग लिनेछन् ।

ठाकुर नेतृत्वको तमलोपाकी नेतृसमेत रहेकी चन्दा चौधरीले दिल्लीमा कार्यक्रम राखेर नेताहरुलाई उतै लगेकी हुन् । त्यसका लागि मधेसप्रति नरमहरुलाई सो कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिएको थियो । दिल्लीमा राजनीतिक भेटघाट हुने–नहुने केही खुलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्